३ कार्तिक २०८३, मंगलबार

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि टिच फर नेपालसँग जनता बैंकको सहकार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे ।

टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रद्यार्थी) शिक्षकहरुमार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गरिरहेको छ ।

सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक रु. ५ लाख प्रदान गर्नेछ । कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई फेलो शिक्षकको रुपमा खटाउने छ, यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् ।

बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयकोबीचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ ।