१ कार्तिक २०८३, आइतबार

इग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्स्पर विजयी भएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले न्यूक्यासलमाथि १–० को जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । टोटनह्यामले खेलको ८३ औं मिनेटमा गोल गरेको थियो । सन हिउङ मिनले गोल गरेका थिए ।

फर्नान्डो लोरनेटले दिएको पासलाई सन हिउङ मिनले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै स्पष्ट तीन अंक दिलाए । जितसँगै टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको लिभरपुलको ६१ अंक रहेको छ । दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको ५७ अंक छ भने ५६ अंकका साथ म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।