
डा. गोविन्द केसीले अनशन तोडेपछि अमेरिकाको सिकागोमा रहेका टेकराज पौडेलले लेखेको पत्र–
डा’साप तपाई यस्तो ढिपिवाला र्भसक्नु भएको थियो कि मुलुकमा सबै कुरा आफैंले भने जस्तो हुनुपर्ने ! कसलाई भिसी बनाउने ? कसलाई निर्देशक ? कसलाई केमा नियुक्ति ? हुँदा हुँदा चिकित्सा क्षेत्र भन्दा बाहिर पुगेर निर्मला पन्त र द्वन्द्वकालका मुद्दा समेत उठाएर आफूलाई एकमात्र बलियो बादशाह देखाउने लालसा प्रकट गर्नुभयो ।
हामी व्यक्तिको सर्वोच्चता भन्दा सिद्धान्त, नीति र कानुनको सर्वोच्चता माथि बनाउनका लागि २०४६ सालदेखि त्यो प्रक्रियामा छौं । तर तपाईको सत्य, निष्ठा र त्यागपूर्ण छविलाई राजनीतिक दुनो सोझ्याउन गलत मान्छेहरू हावी हुन थालेको देखियो । गलत तथ्य र तर्कको सहारा लिएको देखियो जुन संसदीय व्यवस्था विधि प्रक्रियाका हिमायती हौं भनेर लामो समय जेलनेल बस्नेहरूलाई सर्मको विषय हुनु पथ्र्यो ।
डा’साप तपाई नलड्नु भएको भए चिकित्सा क्षेत्रका लागि जुन विधेयक पारित भएको छ त्यो निश्चय पनि आउने थिएन । देशमा यस्तो माहोल बनाइदिनु भयो कि निजीकरण र खुला अर्थ व्यवस्था हाम्रो जस्तो मुलुकमा हतारमा स्थापित गराइयो ।
मुलुकमा लोक कल्याणकारितामा आधारित तीन खम्बे अर्थ व्यवस्था सरकारी, सहकारी र निजी आवश्यक हुन्छ भन्ने बुझ्ने बुझाइने काम स्थापित भयो र यतिबेला सरकारले सातै प्रदेशमा खुल्ने मेकिडल कलेज सरकारी बनाउने भनेको छ ।

कानुनमा सबै कुरा लेख्दैमा लागु हुन पनि समय लाग्छ । २०२२ साल मै छुवाछुत अन्त्यको कानुन बनेपनि ५० बर्षसम्म समाजले कानुन मानिरहेको छैन । अब अनसन सकाउनु भएछ धन्यवाद छ र जाडोमा चिसो पानीले नै नुहाए पनि जिर्ण शरीरलाइ फाइदै हुन्छ
निजीमा पनि ठूलो अंकको निशुल्क छात्रवृत्ति लागु गराउनुपर्ने र नाम निकालेको विद्यार्थीले सरकारी ऋणमा पढ्न पाउने नीति तपाईको माग भन्दा बाहिर पुगेर पारितय गरियो । यति बेला नेपालमा वामपन्थी सरकार छ । उनीहरूले संविधान बनाउने बेला नेपालको संविधान समाजवाद उन्मुख हुनेछ भन्ने लेखाउन पापड पेल्न परेको घाम जत्तिकै छर्लङ्ग छ ।
आफु सरकारमा पूर्ण बहुमतमा हुँदा लोक कल्याण कार्यक्रमबाट जनतालाई सेवा सुविधा दिनु, यस्तो कानुन पारित गर्नु दायित्व् हो । तर राज्यको श्रोत साधन राष्ट्रिय अनुमोदन गराउँदै लग्ने चुनौती यो सरकारलाई छ । तपाईले निजि क्षेत्रको खराबी केही बर्षदेखि दुख गर्नु भयो, त्यो सह्रायिन छ । सरकारले सम्झौता गरेका राम्रा कुरासहित चिकित्सा विधेयक पास गरेको छ, अब त्यसलाई मात्र पुरापुर लागु गर्ने हो भने यो क्षेत्र सुध्रिने नै छ ।
सरकारले यस अघि नै दिएका २५ वटा मेडिकल कलेजलाई मात्र फाइदा हुने र मोटाउने वातावरण प्रति बेखबर हुनुले तपाई पनि शंकाको घेरामा हुनुहुन्छ । कानुनमा सबै कुरा लेख्दैमा लागु हुन पनि समय लाग्छ । २०२२ साल मै छुवाछुत अन्त्यको कानुन बनेपनि ५० बर्षसम्म समाजले कानुन मानिरहेको छैन । अब अनसन सकाउनु भएछ धन्यवाद छ र जाडोमा चिसो पानीले नै नुहाए पनि जिर्ण शरीरलाइ फाइदै हुन्छ ।
गगन थापाजीलगायतहरू यति बेला रत्न पार्कमा चिसो मौसमको लागि बरदान सावित हुनु हुने थियो तर किन हो सम्भव भएन । यो काम गर्न नजानेर हो कि ? भन्ने लागेको छ र डा केसीको आन्दोलनले माहोल नबनाएको भए सरकारले मात्र यो बिधेयक ल्याएको हुन्थ्यो भने आज नेपाल सरकार घेराउमा पथ्र्यो ।
आज जनताको नाममा राजनीति गर्नेहरूले रत्नपार्क उचाल्थे र हुंकार गर्थे – हामीले त चुनावको बेलैमा भनेका थियौं यदि बामपन्थीले जिते भने स्वास्थ्य, शिक्षा, उद्योग हरेक ठाउँमा व्यक्तिबाट खोसेर राज्यको बनाउँछ । एक्काइसौं शताब्दिमा पनि राज्यले अर्थ ब्यबस्था चलाउने हो ? हेर्नुस् काठमाडौमा १० बर्ष नयाँ मेडिकल खोल्न नपाउने रे ? एउटा युनिभर्सिटीले ५ भन्दा बढीलाई सम्बन्धन नदिने रे ? यो चिकित्सा विधेयकमा हाम्रो असहमतिबीच पारित भयो अब हरेक प्रदेशमा सरकारी मात्र मेडिकल खोल्न मात्र पाउने रे ? देख्नु भयो ?
यो कम्युनिस्ट बन्द व्यबस्था शुरु भयो र मेडिकल युनिभर्सिटीमा पढ्न राज्यले पैसा दिएर पढाउने रे ! सक्दछ ? हाम्रो जस्तो बार्षिक कर्मचारी शिक्षक सेना प्रहरीहरूको लागि तलब भत्ता र पेन्सन खुवाउन जत्ति लाग्ने बार्षिक बजेट आफ्नो मुलुकको राजस्वबाट उठ्दैन ! तपाईले दुख गरेर जम्मा गरेको केही रकम खर्च गरेर कुनै उद्योग खोल्नु भयो भने के राज्यले अनुदानमा चलाएका कलकारखानासँग प्रतिस्पर्धा गर्न सक्नु हुन्छ ? सक्नु हुन्न !! के विदेशीले कम्युनिस्ट देशमा लगानी गर्लान् ? गर्दैनन् ! आदी इत्यादी ।
आदरणीय डा केसी तपाईको योगदानको कारण आज बामपन्थी सरकार रत्नपार्कमा आदरणीय युवा नेताहरू गगन थापा ,विश्वप्रकाश शर्मा र रवीन्द्र मिश्र ज्युहरूले मिठा–मिठा तर्कका साथ तपाई हाम्रा दिमागमा हो त नि भन्दै कान ठाडा बनाएर यी भाषणमा ताली बजाएर कम्युनिस्ट सरकार मुर्दाबाद मुर्दाबाद भन्न करै लाग्ने बनाउनु हुन्थ्यो होला ।
गगन जी, विश्व प्रकाश जी र रवीन्द्र मिश्रजीहरू युवा जोश र ता–तातो रगत हुँदा जब अर्थमन्त्री रामशरण महतजीले देशमा खुला अर्थतन्त्र र नीजि क्षेत्रलाई अगाढि बढाउन धमाधम कानुन बनाउदै हुनुहुन्थ्यो, देशमा भएका उद्योग धन्दाहरू कौडिको मुल्यमा बेचिँदै थिए ।
केदारभक्त माथेमा ज्युले धमाधम नीजि मेडिकल कलेजलाई लाइसेन्स बाँड्दै गर्दा अखिलका ठिटाहरू उधोग बेच्न पाइदैन, निजीकरण चाहिँदैन भन्दै रत्नपार्कमा नारा लगाउदा पुलिस झडपमा रगताम्मे भएर हस्पिटल पुग्दा आफूहरूले नसके पनि तपाईहरूले राम्रो गर्नु भएको छ भनेर सहानुभूति प्रकट गर्न सक्नु हुन्थ्यो ? गर्नु भएन ।
ठिक छ, त्यति बेला पार्टीको नीति त्यस्तै थ्यो बुद्धि पुगेन होला ।
बामपन्थी नेत्री विन्दा पाण्डेसंगै तपाई बामपन्थी सरकारकोबारे के बोल्दै हुनुहुन्थ्यो याद छ ? आज तपाई के कारणले डा. केसीको समर्थक र हिमायती हुनुभयो भन्ने कसले बुझेका छैनन् र ?
बामपन्थी सरकारलाई अप्ठ्यारोमा कसरि पार्न सकिन्छ भन्ने उद्देश्यले अभिप्रेरित आन्दोलनका कारण तपाईहरूलाई आफ्नो घोषित सिद्धान्त नीति, विचार र आदर्शबाट बाहिर ल्यायो र तपाइहरू लोक कल्याणकारी व्यबस्थाको पक्षमा हुनुहुथ्यो भने २०५१ सालमा मनमोहन अधिकारीज्युले शुरु गरेको बृद्ध भत्तालाई किन बिरोध गर्नु हुन्थ्यो ?
खाने दात र देखाउने दाँत अलग–अलग गराउँदा अब तपाईहरू बामपन्थी कार्यक्रमको नजिक पुग्नु भयो, चाहेर पनि तपाइले मुलुकलाई आफुले सोचे विचार गरेको मार्गतिर न मुलुक गयो न आन्दोलन । यो मुलुकबासीको लागि खुशिको कुरा हो आखिर थापाजी तपाईले पनि चिसै पानीले नुहाउनु भयो ।















प्रतिक्रिया