सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

नेपाल आईडलका विजेता ओड अमेरिका आउने

दैनिक नेपाल २०७५ माघ १९ गते ९:२५

विजय थापा

डीसी । नेपाल आईडल सिजन २ का बिजेता रवि ओड अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओडका साथै बिक्रम बराल र सुमित पाठकपनि अमेरिका आउने भएका छन् ।

नेपाल आईडल सिजन २ का विजेताहरूलाई अमेरिकामा केटिएम इन्टरटेन्टमेन्टले ल्याउन लागेको हो । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छन् भने बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुनेछ ।

बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन ,अप्रिल १३ न्यू योर्क ,अप्रिल ९ बाल्टिमोर ,अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा ,अप्रिल २८ ड्यालस ,मे ३ अस्टिन ,मे ४ सन फ्रान्सिस्को ,मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुनेछ ।

आयोजकका अनुसार सन् २०१९ को सबै भन्दा बृहत कार्यकम हुने छ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन् । उनीहरुले आफ्नो मौलिक,साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यू योर्कमा नेपाली नयाँ वर्षको दिन कार्यकम प्रस्तुत हुनेछ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित