९ कार्तिक २०८३, सोमबार

शुक्रबार र शनिबार देशैभरि मौसम प्रभावित हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उहाँले जानकारी दिए ।