९ कार्तिक २०८३, सोमबार

तस्करसँग रकम असुल्ने सिन्धुलीका एसपीमाथि कारबाही

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवमाथि पनि कारबाही प्रक्रिया सुरु गरेको छ । घुस खाएको प्रमाण फेला परेपछि त्यहाँबाट हटाएर उनीमाथि कारबाही अघि बढाइएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गाँजा कारोबारी तथा क्रसर सञ्चालकहरूसँग पैसा लिएको उजुरीमा छानबिन गर्दा वास्तविकता रहेको खुलेपछि उनलाई जगेडापुलमा सरुवा गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

पाँच महिनाअघि उनले राजमार्गमा अवैध रूपमा चल्ने सवारीसाधनबाट पैसा लिएकोमा समेत छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा एसपी चक्रबहादुर सिंहलाई पठाएको छ ।

त्यस्तै, धनुषाका प्रहरी प्रमुख पनि फेरिएका छन् । एसपी गोविन्द थपलियालाई सरुवा गरी धनुषामा शेखर खनाललाई पठाइएको छ । एक वर्षको अवधि पुगेकाले थपलियालाई सरुवा गरिएको हो ।