३ कार्तिक २०८३, मंगलबार

चीनले जापानमा बनेका टोयटाका पाँच हजार कार फिर्ता गरिदियो

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १६ माघ । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करीव पाँच हजार कारलाई चीनबाट फिर्ता लैजाने मङ्गलबार बताएको छ ।

टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।

‘टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही वर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ’, टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अगाडिको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्याभएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाटा व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको छ ।

टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो ।

कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विनाशुल्क यसलाई फेरिदिने बताएको छ ।