३ कार्तिक २०८३, मंगलबार

कान्तिपथमा यामाहाको ‘अपग्रेडेड’ सोरुम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट काठमाडौंको व्यापारिक केन्द्र कान्तिपथ, जमलमा थप सुविधासहितको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने जनाएको छ ।

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरिन् । उद्घाटनका क्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ सोरुम पहिलेभन्दा अझ बढी परिष्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने बताए । ‘मलाई विश्वास छ, सम्मान इन्टरप्राइजेजले यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो बनाउनेछ र नयाँ उचाइमा पु¥याउनेछ’ उनले भने ।

सम्मान इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज मानन्धरले यामाहा ब्रान्डसँग विगत दुई दशकदेखि नजिक रहेको र अटुट विश्वासकै कारणले यो सम्भव भएको बताए । ‘आफूले सधैं विश्वास गरेको ब्रान्डसँग अझ नजिक हुन पाउनु मेरो लागि गौरवको कुरा हो’ उनले भने, ‘मेरो एउटै मात्र उद्देश्य ग्राहकको पूर्ण सन्तुष्टि हुनेछ ।’ उनी लामो समयदेखि यामाहालगायत एमएडब्लुको विभिन्न डिभिजनको नेतृत्व तहमा कार्यरत थिए ।

सम्मान इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । हाल स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।