९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली भन्छन् : हाम्रो एयरपोर्ट खत्तम हो कि फ्रान्सको जहाज ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी ओलीले युरोपेली युनियनले नेपालको उडान क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने विषयमा आफू छलफल गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार स्वीजरल्याण्डमा गैह्रआवासीय नेपाली संघले गरेको कार्यक्रममा बोल्दै उनले इयुको प्रतिबन्ध अझै नहट्नु दुःखद रहेको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

फ्रान्सबाटै किनेको एयरबसको जहाज फ्रान्सकै एयरपोर्टमा बस्न नमिल्ने अवस्था आएको भन्दै ओलीले यो विषय छलफलबाट टुंग्याउन आफू तयार रहेको बताए ।

‘हाम्रोमा बस्न सक्छ, उड्न सक्छ भनेर फ्रान्सले हामीलाई एयर बस बेचेको छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘तर तिम्रो एयरपोर्टमा ल्याउँछौँ नि त भन्दा दिँदैदिँदैन । हाम्रो एयरपोर्ट खत्तम हो कि फ्रान्सको जहाज रु मैल बुझ्न सकेको छैन ।’

‌ओलीले नेपाल फर्कन चाहने नेपालीका लागि आफ्नो सीप प्रयोग गर्ने अवसर सरकारले दिलाउने आश्वासन दिए । यस्तै, उनले स्वीस लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आग्रह गरेका थिए ।