३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । एनआईसी एशिया बैंक लिमिटेडले काठमाण्डौंको शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा रहेको भाग्योदय मा. विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ, बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनिया लगायतले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापकरुसण बसीलाई सयुक्त रुपमा कम्प्यूटरहरु हस्तान्तरण गरे ।

विद्यालय लक्षितसंस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने हुनाले भन्दै प्रतिनिधिसभाका सदस्य श्रेष्ठले प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एनआईसी एशिया बैंकले गरेको सामाजिक उत्तरदायित्वको प्रशांसा गरेका थिए ।

बैंकको हाल देशभर २७५ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।