
-वि.वि. श्रेष्ठ
काठमाण्डाै । बहुप्रतिष्ठित चिकित्सा शिक्षा विधेयक संघिय संसदबाट पारित भएको छ । यससँगै चिकित्सा क्षेत्रमा देखिएको विकृत्ति, विसंगति न्युनिकरण हुने सत्ता पक्षले जनाएको छ भने यहि मुद्दालाई जीवन मरणको सवाल बनाएको नेपाली काग्रेसले सभामुखको भूमिका र नेकपाको दुईतिहाईको दम्भको पराकाष्ट भएको बताएको छ ।
लामो समयदेखि अन्योलमा रहेको चिकित्सा शिक्षा विधेयकको सुधारको माग राखेर १६ औं पटकसम्म अनसन बसेका डा गोविन्द केसीको अनसनकोबीचमा पारित भएको विधेयकका कारणले सिङ्को राजनीति नै तरंगित बनेको छ ।
प्रमुख प्रतिपक्षको हैसियतमा रहेको नेपाली काग्रेसको भूमिका र डा. केसीको चिकित्सा शिक्षा विधेयकको मुद्दा दोधारे चरित्रको पाउन सकिन्छ । करिब शुन्य भुमिकामा रहेको नेपाली कागे्रेस डा. केसीको मुद्दा बोकेर आफनो अस्तित्व जोगाउन प्रयत्नरत रहेतापनि सफल हुन सकेन । डा केसीको पटक पटकको अनसनको परिणाम ठुलो महत्व वोकेको चिकित्सा शिक्षा विधेयक सत्ता पक्ष र प्रतिपक्षको आफनो आफनो धारणाले थप अन्योलता थपिदिएको छ ।
डा केसीको हात समातेर वैतरणी तर्न सकिन्छ भन्ने भ्रम पालेको कांग्रेसले केहि समय जनताको नजरमा प्रतिपक्षको भूमिका र कर्तव्य चिर्न खोजेता पनि सफल हुन सकेन । पटक पटक संसदको काम कारबाही रोकेर लोकतन्त्रका नाममा गरिएको अलोकतान्त्रिक व्यवहार सिङ्गो देश र जनताका लागि लज्जाजनक बन्यो ।
डा केसीको हात समातेर वैतरणी तर्न सकिन्छ भन्ने भ्रम पालेको कांग्रेसले केहि समय जनताको नजरमा प्रतिपक्षको भूमिका र कर्तव्य चिर्न खोजेता पनि सफल हुन सकेन । पटक पटक संसदको काम कारबाही रोकेर लोकतन्त्रका नाममा गरिएको अलोकतान्त्रिक व्यवहार सिङ्गो देश र जनताका लागि लज्जाजनक बन्यो । हिजो आफू सत्तामा रहँदा संसदीय अभ्यासलाई चटक्क विर्सेर गरिएको बर्वरताले विश्वलाई नै चकित वनाईदियो ।
संसदमा नेपाली काग्रेसको भुमिकाले नेपाली काग्रेस संसदीय पद्धति र लोकतान्त्रिक व्यवहारप्रति कति विश्वास गर्दछ भन्ने कुरा प्रष्ट भएको छ । जुन घटनाले काग्रेसको यथार्थ स्वरुप चित्रण भएको छ । आफनो नेताको नाममा भएको दुई वटा अस्पताल संघिय योजना अन्र्तगत हुने काग्रेसको थप मागमा नेकपाको दुईतिहाई भारी बनिदियो । लोकतन्त्र नै संसदको जननी हो भन्ने काग्रेसको रुप संसदमा देखिएको अभद्र व्यवहार र बोल्ने शैलीले पुष्टि गरिदियो । विगत सत्तामा रहदाँ काग्रेसका व्यवहार अहिलेको लागि क्षम्य बन्यो ।
लामो समयसम्म सत्तामा आसिन नेपाली कांग्रेस सत्ता बाहिर रहेर पनि छाँया सरकार बनाएर भएपनि सरकारमा रहेको अनुभूति गर्दैमा अभ्यस्त रहेको पाईन्छ । सत्ताको भोकले तिल्मिलाएको कांग्रेस नेकपाको दुईतिहाई सरकार र यस सरकारले अबको पाँच वर्ष सरकारमा बसेर हाली मुहाली गर्ने डरमा रहेको छ । यहि डरले विक्षिप्त बनेको नेपाली काग्रेस कहिले डा केसीको लगौटीमा टासिन खोज्दछ त कहिले छाँया सरकारमा त्रासदीमा ।
यहि पेरिफेरिमा गन्तव्य पहिल्याउन नसकेको नेपाली काग्रेसको अवको केहि समय यहि गोलचक्करमा फस्ने निश्चित वनेको छ । जनताको न्युनतम आवश्यकतार र राष्ट्रिय स्वाधिनतामा लागेर अगाडी वढ्नु भन्दा पनि त्यसै विना विषय गुमराहमा वस्नुले पनि नेपाली काग्रेसको यथार्थ हैसियत प्रष्ट पारेको छ । जुन हैसियतमा लामो समय काग्रेसले सत्ता र शक्तिको चास्नीमा औंला चुस्न सफल बनिदियो ।
संघिय चुनाव होस् वा प्रदेशका चुनावमा, लज्जाजनक हार बेहोरेको नेपाली कांग्रेस आफनो कमिकमजोरीमा सुधार गर्नु भन्दा आफ्नो कमजोरी प्रस्तुत गरेर झन् पातलो हुँदै गईरहेको छ । जुन लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेसका युवा होस् वा मसिहा, कसैले फगत सोच्ने र चिर्ने हिम्मत गर्न सकेनन् ।
नेपाली काग्रेसको अवको बाटो के हो र किन नेपाली काग्रेस यो अवस्थामा पुग्यो ? हिजो एक्लै दुईतिहाई ल्याएर सरकार संचालन गरेको नेपाली काग्रेस के एमाले र माओवादीको एकिकरणले मात्र यो हविगतमा पुगेको हो त ? सत्ता र सरकारमा रहँदा देश र जनतामा गरेको बाचा होस् वा राष्ट्रिय मामलामा खेलेको भूमिका र त्यसले पार्टीमा पारेको नकारात्मक प्रभावको नतिजालाई के काग्रेसले सुक्ष्म अध्ययन गर्न आवश्यक ठान्दैन ?
नेकपालाई दुईतिहाईको दम्भ देखायो भन्ने नेपाली कांग्रेसमा आफ्नो दम्भ अझै नसकिएको आभास भएको छ । नेपाली काग्रेसले लोकतन्त्रको दुहाई दिँदै आफनो अलोकतान्त्रिक कदमलाई सच्चाउन जरुरी देखेन भने झन् झन् कमजोर बन्ने कुरामा कुनै शंका छैन ।
यदि कमजोरीको पाटोमा जबसम्म नेपाली कांग्रेसले खोतल्ने हिम्मत र आवश्यकता र तथ्यको आधारमा सदनमा होस् वा सडकमा नेपाली काग्रेसले सशक्त भुमिका खेल्न सक्दैन भने भूमिका झन् खुम्चिदै जानेमा कुनै शंका छैन । जुन स्वखलनको परिणाम तीव्रताका साथ बढेर जाने सम्भावना अत्याधिक रहेको छ ।
समय र वस्तुनिष्ठ परिभाषालाई चिर्न नसक्नु नै कांग्रेसको सबैभन्दा ठुलो भुल हो । ईतिहास भजाएर अबको दिनमा पनि सत्ताको रस्वादानमा रम्न सकिन्छ भन्ने दम्भ कांग्रेस पतनको पाटो हो । २००७ सालको प्रजातन्त्रका लागि खेलेका भुमिकालाई मात्र सधैंभर भजाएर सत्ता र शक्ति प्राप्त हुन्छ भन्ने सोच नै घातक छ । विगतमा नेताको फेरो समाएर सत्ताका चास्नी चुसेका नेताहरुले वदलिदो समयको मुल्यांकन गर्न नसक्नु भनेको अर्को स्वखलित रुप हो ।
जनता के चाहन्छन् भन्दा पनि आफ्ना कार्यकर्तालाइ मात्र जनता सोच्ने र आसेपासेमा नै रम्ने नेपाली कांग्रेस आफ्नो हरेक व्यवहार लोकतान्त्रिक देख्ने तर संसदीय पद्धतिमा गएर अन्य पार्टी र सरकारले गरिने निर्णयलाई अधिनायकवाद देख्छ । यो नेपाली काग्रेस सुध्रिने संकेत कदापी होईन । आफनो ठोस धारणा बनाउन नसक्ने, देश र जनताको पक्षमा आवाज बुलन्द गर्न नसक्ने काग्रेसले डा. केसीका आडमा आफनो भूमिका स्थापित गर्न खोज्दा झन् झन् कमजोर बनेको कुरा स्वीकार्न सक्दैन । विगतमा आफनै सरकारका पालामा अनसनमा रहेका डा. केसीका माग पूरा गर्न गम्भिर नहुने कांग्रेस प्रतिपक्षमा पुगेपछि अब्वल देखिन खोजेका कारण झन् झन् पतित हुँदै गईरहेको छ ।
नेपालको राजनैतिक ईतिहासमा सवैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसको देश र जनताको पक्षमा के कति काम भए, कति भएनन् र अबको जनता र देशको आवश्यकता के हो भन्ने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्दछ । एउटा माघले जाडो जाँदैन भने झै भोलि हुने चुनावका लागि पनि निश्चित योजना र दृष्टिकोण विना जनतामा जानु भनेको अहिलेको परिणाममा झन ह्रास आउनु शिवाय केहि होईन ।
सत्तामा रहँदा देश र जनताका लागि केहि नगर्ने तर सत्ताच्युत हुँदा अन्य सरकारलाई नैतिकता, लोकतन्त्र सिकाउने र अधिनायकवादको पगरी गुथेर मात्र अब्बल हुन सकिँदैन । नेकपालाई दुईतिहाईको दम्भ देखायो भन्ने नेपाली कांग्रेसमा आफ्नो दम्भ अझै नसकिएको आभास भएको छ । नेपाली काग्रेसले लोकतन्त्रको दुहाई दिँदै आफनो अलोकतान्त्रिक कदमलाई सच्चाउन जरुरी देखेन भने झन् झन् कमजोर बन्ने कुरामा कुनै शंका छैन ।















प्रतिक्रिया