१ कार्तिक २०८३, शनिबार

अमेरिकाको जर्सी सहरको सिस्टर सिटी बन्यो इन्द्रावती गाउँपालिका

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्सी, ११ माघ । विश्व महाशक्ति अमेरिकाको जर्सी सिटी र नेपालको इन्द्रावती गाउँपालिकाका मेयरले दुर्व सहरलाई सिस्टर सिटी बनाउने आठ बुँदे सम्झौता गरेका छन् ।

२४ जनवरीमा अमेरिकाको जर्सीमा मेयर स्टेभेन फुलप र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङबीच सम्झौता भएको हो ।

सिस्टर सिटीको सम्झौताका लागि गएको बर्षको १९ डिसेम्बरमा जर्सी सिटी काउन्सिलले काउन्सिल रिजोलुसन पारित गरेको थियो । मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहरबीचकी ईमिसरी (विशेष दूत को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यो काम सफल भएको हो ।

अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने ईन्द्रावती नेपालको पहिलो गाउँपालिका हो । आठ बुँदे सम्झौता पत्रमा दुई शहरबीच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख छ ।

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेन्ट रोलान्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरूका लागि टिपिएस काउन्सिल रिजोलुसन पारित गरिएको थियो ।

टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपले सन् २०१७ को जुन ३० तारिखमा अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह गरेका थिए ।

सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो े। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. बिश्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिईन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग पहिला अमेरिकामा बस्ने एनआरएन थिए । उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन् । सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका सरोकारवालासँग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामांगको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो ।

मेयर तामांग प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा. परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै कृयाशील सुपरिचित सामाजिक अभियन्ता हुन् ।