२९ आश्विन २०८३, बिहिबार

व्यवस्था परिवर्तन भयो, साेँच परिवर्तन कहिले ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको इतिहासमा राजनीतिक व्यवस्था परिवर्तन गर्न थुप्रै चरणमा आन्दोलनहरु भए । फलस्वरूप व्यवस्था परिवर्तन पनि भयो । तर, आजपनि हिजोका रुढीग्रस्त सांस्कृतिक मान्यता अन्त्य भएको छैन । महिलाको दृष्टिकोणमा पितृसत्तात्मक सोच, दलित आँखाले हेर्दा ब्राह्मणवादी सोच, अन्य धर्मको नजरमा हिन्दुहरुको बर्चस्व, श्रमजीवीको हेराईमा मालिकको बर्चस्व जस्ता सवालहरुको पूर्ण रुपमा अन्त्य भएपछि नै व्यवस्था परिवर्तन भएको महसुस हुन्छ ।

यस लेखमार्फत नेपाली महिलाहरुका सन्दर्भमा स्थापित मूल्य र मान्यताहरु जुन अहिले पनि विद्यमान रहेका छन्, तिनै विषयमा केन्द्रित रहेर छोटो चर्चा गर्न सान्दर्भिक ठानेको छु ।

अग्रजहरुले विगतमा राज्य, समाज र घरभित्र हुने हिंसाका विरुद्ध कष्टसाध्य संघर्ष गरे । इतिहासका कतिपय पक्षहरू भत्सर्नायोग्य र प्रतिवादयोग्य छन् । त्यसैले इतिहास र परम्पराको रक्षाको नाममा महिलामाथिको विभेद, जातीय अहंकार, श्रमप्रतिको वितराग या दासतालाई स्वीकार गर्न सकिदैन । पुरानो व्यवस्थाका सांस्कृतिक एवं परम्परागत मान्यताको प्रभाव निकै गहिरो गरि समाज र व्यक्तिको मन मस्तिष्कमा जरा गाडेर बसेका हुन्छन् । त्यसैले निरन्तरको संघर्ष र प्रतिवादबिना ती मान्यताहरुलाई बदल्न सकिदैन । हाम्रा कतिपय परम्पराहरु गर्व गर्न लायक पनि छन् । जस्तै : अग्रजलाई सम्मान गर्ने, मानव जातिमा बन्धुत्व र पारस्परिक सहयोग, धार्मिक सहिष्णुता र सद्भाव, बहुलवाद आदि । विश्वका कतिपय देशहरूको तुलनामा यी हाम्रा गरौवशाली मान्यता हुन् ।

यति हुँदा हुँदै पनि चित्त बुझाउन सक्ने अवस्था हाम्रो छैन । यस लेखमार्फत नेपाली महिलाहरुका सन्दर्भमा स्थापित मूल्य र मान्यताहरु जुन अहिले पनि विद्यमान रहेका छन्, तिनै विषयमा केन्द्रित रहेर छोटो चर्चा गर्न सान्दर्भिक ठानेको छु ।

शान्ति कुँवर

विकृत पुँजीवादको अमानवीयता र उपभोक्तवादको अन्त्य हुन जरुरी छ । हिजो सामन्तवादले स्थापित गरेका सांस्कृतिक पक्षहरू आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा पनि जस्ताको त्यस्तै रहन हुँदैन । विगतलाई समिक्षा गरौँ, ०४६ सालमा जनआन्दोलन भयो, बहुदल आयो तर प्रजातान्त्रिक संस्कृति, मूल्य र मान्यताहरु विकास हुन सकेन । ०६२/०६३ सालको युगान्तकारी परिवर्तनपछि पनि पुँजिवादी सांस्कृतिक संरचनाहरु ध्वस्त भैरहेको छैनन् । त्यसैले अब भने समाजलाई परिस्कृत संस्कृति हस्तान्तरण गर्नुपर्ने हुन्छ । अन्यथा सुखी नेपाली सम्मृद्ध नेपालको सुन्दर सपनालाई प्रत्यक्ष वा परोक्ष रुपमा असर गर्छ नै ।

प्रविधिको दुरुपयोग गर्दै महिला अस्मितामाथि खेलवाड गर्ने र उनीहरुको संवेदनशीलतालाई व्ल्याकमेलिङ गर्ने प्रवृति निकै हानिकारक छ । धर्म संस्कृतिका नाममा गरिने अपव्याख्याले महिलाहरुको आत्म सम्मानमा चोट पुर्‍याइरहेको छ ।

सौन्दर्य व्यापार, विवाहदेखि लिएर अन्य सामाजिक संस्कारहरुमा महिलाहरुमाथिको सौदाबाजीलाई निश्चित रूपमा राम्रो मान्न सकिन्न । प्रविधिको दुरुपयोग गर्दै महिला अस्मितामाथि खेलवाड गर्ने र उनीहरुको संवेदनशीलतालाई व्ल्याकमेलिङ गर्ने प्रवृति निकै हानिकारक छ । धर्म संस्कृतिका नाममा गरिने अपव्याख्याले महिलाहरुको आत्म सम्मानमा चोट पुर्‍याइरहेको छ । कोहि मान्छेको मृत्यु भएपछि अधिकांशको घरमा पण्डितहरुद्वारा प्रस्तुत गरिने गरुड पुराणले महिलाहरुलाई तुच्छ बनाउने गर्दछ । उक्त पुराण सुन्नेको संख्या धेरै ठूलो हुन्छ त्यसले पनि महिलालाई पार्ने प्रभाव र हेर्ने दृष्टिकोणमा असर परिरहेको हुन्छ ।

विकृत संस्कृती, परम्परागत मूल्य र मान्यताको अन्त्य गर्ने सवालमा पहलकदमी कसले गर्ने ? यो प्रश्नको निःसन्देह जवाफ छ, अग्रगामी, प्रगतिशील सोच राख्नेहरुले नै हो अर्थात कम्युनिष्ट पार्टीले नै हो । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले नै हो । हामी प्रगतिशील सोच बोक्नेहरुको पनि नीतिगत रुपमा कुनै समस्या छैन तर, व्यवहारमा थुप्रै समस्या देखियो । संस्कारलाई परिस्कृत गर्न भन्दा पनि समाज जे छ त्यहि हुन नसक्दा अल्पमतमा परिने पो हो की, लोकप्रियता घट्ने पो हो की भन्ने त्रास हामीलाई छ । विवाह गर्दा दाईजो लिन्छौं र दिन्छौं । जनवादी विवाह विगतका तुलनामा बढ्दै जानु पर्ने हो तर, घट्दै गएको अनुभूति भैरहेको छ । मृत्यु संस्कारलाई परिमार्जन गर्न हिम्मत गर्दैनौं । प्रगतिशील सोचका पक्षपाती हामीहरुले समाजलाई विस्तारै आफूतिर तान्ने हो तर, समाज जता जता हिँड्छ उतै उतै हिँडेर सिद्धान्त र व्यवहारको भेट कहिल्यै हुन सक्दैन ।

अबको बहस विभेदकारी सामाजिक मूल्य र मान्यता जुन मानव निर्मित हुन् ती मान्यता र विज्ञानको बिचमा कुनै सम्बन्ध छैन त्यसतर्फ हुन पर्दछ । उक्त बहसको नेतृत्व कम्युनिष्ट पार्टीले नै गर्न पर्दछ ।

एकैचोटी गुणात्मक परिवर्तन हुँदैन, मार्क्सले भन्नु भए जस्तै मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को हुने कुरालाई अस्वीकार गर्न सकिदैन तर, जड मान्यता, संस्कार र संस्कृति जीवीतै राखेर गुणात्मक फड्कोमा पुग्ने कुरा केवल कल्पनामा मात्रै सिमित हुन्छ । मार्क्सवादी दर्शन अध्ययनमा मात्रै सिमित हुन्छ भन्ने मेरो आशय हो । विभिन्न खालका कु प्रथाहरुका कारण माहिलाहरु आज पनि आक्रान्त छन । कपोकल्पित बोक्सीका आरोपमा धेरैको ज्यान जाने गर्दछ । हामी कम्युनिष्टहरु विज्ञानले प्रमाणित गरेका बाहेक अन्य कुरालाई सत्य मान्न सक्दैनौं । के हो बोक्सी ? कसले प्रमाणित गरेको छ बोक्सी ? साँच्चै कोहि बोक्सी हुन्थे भने युद्धका निम्ति संसार भरी हतियारको प्रयोग निकै कम हुने थियो होला । बोक्सी कै प्रयोगले आफ्ना दुश्मनहरुलाई घाइते बनाउने, अंग भंग बनाउने र मार्नेसम्मको काम गर्न सकिने थियो होला । त्यसैले असहाय महिलाहरुलाई लागाइने यस्ता आरोपहरुलाई मिथ्या सावित गर्न अझ सशक्त अभियान चलाइनु पर्दछ ।

राजनीतिक र सामाजिक रुपमा माहिलाहरुले थुप्रै अधिकार प्राप्त गर्न सफल भएका छन् । आर्थिक रुपमा सुधारोन्मुख छ । जडको रूपमा स्थापित साँस्कृतिक मान्यताका कारण विभेद अन्त्य हुन निकै गाह्रो हुने निश्चित छ । त्यसैले अबको बहस विभेदकारी सामाजिक मूल्य र मान्यता जुन मानव निर्मित हुन् ती मान्यता र विज्ञानको बिचमा कुनै सम्बन्ध छैन त्यसतर्फ हुन पर्दछ । उक्त बहसको नेतृत्व कम्युनिष्ट पार्टीले नै गर्न पर्दछ । सत्यलाई बिजय गराउन समाजसँग डराउन पर्दैन । निरन्तर चुनौती पेश गर्ने, समाज बदल्ने अभियानमा तीव्रता दिने बौद्धिक बहस आजको आवश्यकता हो । अन्यथा हामीले देखेको सत्यको अनुहार पनि बदलिन्छ अनि आफ्नै विश्वासको भग्नावशेषहरुमा टेक्दै हिँड्न पर्ने निर्मम क्षण पनि आउन सक्छ ।