
काठमाडौँ, ११ माघ । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टामोटले हस्ताक्षर गरेका छन् ।
अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यस अघि पनि निर्जीवन वीमा कम्पनीहरु तथा जीवन वीमा कम्पनीहरुसँग सम्झौता गरी निर्जीवन वीमा तथा जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।















प्रतिक्रिया