३ कार्तिक २०८३, मंगलबार

रुपन्देही जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर 

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे। योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख अशोक पौडेल, राष्ट्र बैंकका अधिकृत विवेक कोइराला लगायतको आतिथ्यता रहेको कार्यक्रममा मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थी र भैरहवा शाखाका प्रमुख विप्लवी त्रिपाठीले एक्सटेन्सन काउन्टरको विस्तारपछि अदालतको राजश्व संकलनमा सहज हुने बताए।
अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।