१ कार्तिक २०८३, शनिबार

मगर समाज फ़्रान्सले भव्यरूपमा मनायो माघे संक्रान्ति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ़्रान्स । मगर समाज फ़्रान्सले मगरहरूको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व यस पटक पनि विशेष समारोह आयोजना गरी फ़्रान्सको राजधानी पेरिसमा मनाइएको छ ।

फ्रन्समा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूका साथ सामूहिक रुपमा २० जनवरीमा पर्व भव्यताका साथ मनाइएको छ ।

समाजका अध्यक्ष रमेश थापा, फ़्रान्सका लागि नेपाली राजदूत श्रीमती अम्बिकादेबी लुइँटेल मानन्धरले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए ।

समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तंब्य दिदै मगर जाति र माघे संक्रान्तिका बारेमा प्रकाश पारेका थिए ।

माघे संक्रान्तिमा खाइने परिकारहरू तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचार सहित स्वादिस्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बहिनीहरूलाई संयोजन गरी तयार पारेको मौलिक नृत्यकला प्रस्तुत गरिएको थियो ।

यस पटक मगर समाज फ़्रान्सले बिगत लामो समयदेखि मातृभूमि नेपालबाट टाढा रही फ़्रान्सलाई कर्मभूमि बनाउँदै आएका हरिहर अर्यालले नेपाली समुदायलाई फ़्रेंच नेपाली भाषा पुस्तक लेखेर समाजलाई लेखनका माध्यमबाट नेपाली साहित्य र संस्कृतिको संरक्षण सहितको समाज सेवाद्वारा नेपाली समुदायलाई पुर्याउँदै आएको योगदानको उच्च कदर गर्दै नागरिक सम्मान गरेको थियो ।