१२ कार्तिक २०८३, बिहिबार

पोखरामा यामाहाको नयाँ शोरुम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा महानगरपालिकामा यामाहाको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण थालेको हो ।

यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।

नया शोरुमको प्रमुख अतिथि तथा गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । विश्वकर्मा अटो वक्र्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने जनाइएको छ ।

यामाहाले नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।