३ कार्तिक २०८३, मंगलबार

गोयन्काले पूरा गर्‍यो तेस्रो वर्ष

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ७ माघ । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रा. लि. ले आफ्नो व्यवशायिक तेस्रो वर्ष पूरा गरेको छ । विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरुको वितरक गोयन्काले अब आफ्नै गोयन्का ब्रान्डका सामाग्रीहरु समेत बजारमा ल्याएको जनाएको छ ।

आगामी वर्षमा गोयन्काले आफ्नो उत्पादनमा सतप्रतिशत वृद्धि गरी एक अरब बराबरको व्यापार गर्ने योजना रहेको जानकारी दिएको छ ।

हाल गोयन्काका २ सय डिलरहरु रहेका छन् । आगामी दिनमा काठमाण्डौ, पोखरा, नारायणघाट, बिराटनगर लगायत व्यापारीक शहरहरुमा डिलर विस्तार गर्ने गोयन्काको योजना छ ।

गोयन्काले हाल फ्रिज, टेलिभिजन, दिप फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसन, मीक्चर ग्रान्डर, पंखा, ग्यास चुला, राइस कुकर, ग्यास वाटर हिटर लगायतका सामानहरुबजारमा उपलब्ध गराएको छ ।