बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

गर्भवती बिरालो मार्ने चालकलाई दुई वर्ष जेल

दैनिक नेपाल २०७५ माघ ४ गते ७:०६

क्वालालमपुर । बिरालोलाई मारेको अभियोगमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ ।

गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् ।

जनावर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रूपमा चालकले गर्भवती बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ ।

बिरालोको हत्या सम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दाबीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ ।

यस्तो आरोप लागेका अभियुक्तहरूलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानुनी व्यवस्था भए पनि न्यायाधीशहरूले दुई वर्ष तोकेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित