
-वि.वि. श्रेष्ठ
काठमाडौं । राणा शासनमा राणा र प्रजातन्त्रमा राजालाई दोष देखाएर उम्कने नेताहरु फेरिए, तर प्रवृत्ति फेरिएन । समयको परिवर्तनसँग देश विकास र नेतामा पनि परिवर्तन आउने आकांक्षा राखेका जनतामा नेताको उहि प्रवृत्तिले निराश बनाइदियो । इतिहास भजाएर र पारिवारिक पृष्ठभूमि देखाएर राजनीतिमा छिरेका नेपाली नेताहरुको योग्यता, क्षमता र कार्यकुशलता ईतिहासको भन्दा पृथक हुन सकेन ।
वैचारिक स्तर विनाको नेता भई टोपल्लिएका हरु पनि परिवर्तनका आशा गर्नु कमजोर जनताको मनस्थिती शिवाय केहि हुदैन । गधालाई धोएर गाई वनाउन सकिदैन भन्ने समान्य ज्ञान समेत नराखी नेतालाई सर्वमान्य ठान्नु नै जनताको अघोत कमजोरी बनिदियो ।
पात्र फेरिए, प्रवृत्ति फेरिएन । हिजोको सत्ता र शक्तिको चुस्नीमा चुर्लम्म डुवेका नेताहरु आजको यो बदलिँदो परिवेशमा पनि आफूलाई श्री ३ महाराज सम्झने कूकृत्य रहिरह्यो । जनताप्रति नेता समर्पित हुनुपर्नेमा नेतामुखी जनता बनिदिँदा अस्तव्यस्त बनाईदियो । शक्ति र सत्ता मात्र सर्वेसर्वा सम्झने नेता ढुङ्गेयुगबाट २१ औ शताब्दीको सञ्चारको यो युगमा आईसक्दासमेत जनतालाई भेडा मात्र सम्झने साेंचमा परिवर्तन आएन । जसको फलस्वरुप आफुलाई योग्य र सक्षम जनताहरु समेत नेतामूखी बन्न बाध्य वनिदियो ।
नेताको परिचयमा हस आईसक्यो । तर नेतामा साेंचको विकास आएन, शक्ति आर्जनका लागि जे पनि गर्ने र सत्तामा पुगिसकेपछि जनतालाई बिर्सने परिपाटी झन् विकसित हुँदै गयो । राजनीति शब्द नै गन्हाईसकेता पनि राजनीतिका नाममा लाजनीति गर्ने खुल्ला परिपाटी विकास भयो ।
जनतामूखी नेता हुनुपर्ने नेतामूखी जनताको भिडले नेताको घमण्डलाई झन् माथि पु¥याईदियो । परिवर्तनका नारा ओकल्ने नेता परिवारका अगाडी निरीह बनिदियो । देश परिवर्तन गर्दछु भनेर जंगल पस्ने र आम जनताको छोरालाई मृत्यृवरण गर्न बाध्य पार्ने नेताहरु शक्ति सत्ता र पैसामा चुर्लुम्म डुबिदियो । त्यहि डुवानको रस्वादानमा पुगेर जनता चिहाईरहेको नेताहरु जनताको पीडामा रमिदियो ।
हिजो राणा र राजाको अन्याय, अत्याचार र भष्टाचारमा औंलो ठड्याउने नेताहरु अहिले राजनेताका नाममा पोषित बनिदियो । हिजोको योगदानका नाममा व्याजमा रम्नेहरु राजनीति गर्ने नाममा अरबौं कुम्ल्याउने दाउमा लागिरह्यो । कमाउने गतिलो भाँडो राजनीति बन्यो ।
राजनीति आफैंमा सेवा हो, व्यापार होईन भन्ने समान्य ज्ञान समेत नभएका नेता र त्यस्ता नेतालाई जिताउने जनताहरु राजनीतिका नाममा स्वार्थी व्यापारी बनिदियो । त्यहि स्वार्थको फाईदामा रमाउने नेताहरु जनताको कमजोरी खेति राजनीति नै व्यापारसँग सौदाबाजी गरिदियो ।
व्यक्तिको योग्यता, क्षमता र कार्यकुशलता के हो भन्ने भेउ सम्म पाउन नसक्ने राजनैतिक दलका नेतृत्वका कारण आम जनता लामो समयसम्म बन्धक बनिदियो । देश भष्टाचार, वेथितिको जगमा हल्लिरह्यो । जनताका नाममा राजनीति गर्ने तर एक्लै हसुर्ने नेताहरु जनताका नजरमा जर्नादन बनिदियो ।
जीवन केका लागि र समाज प्रति मेरो भूमिका के हो भन्ने भेउ पाउन नसक्ने कमजारे आर्थिक अवस्थामा गुज्रिएका जनताका लागि स्वार्थी नेताहरु फगत भगवान सिद्ध वनिदियो । जनताको कमजोरीमा ठेकेर नेताहरु विश्वका धनीको सूचीमा परिदियो । सिमित घेरा भन्दामाथि सोच्न नसक्ने नेताहरु विदेशीको कठपुतली वनिदियो ।
सत्ता केवल कमाउनका लािग हो भन्ने मान्यतामा रमिदियो । पदीय दुरुपयोग कमाउने भयाङ्ग वनिदियो । सुको दिएर अरबौं कमाउने ध्यानमा मस्त नेताहरु यसैलाई नै राजनीतिको सून्दर रुप सोचिदियो । हिजो राणा र राजाको अन्याय, अत्याचार र भष्टाचारमा औलो ठडयाउने नेताहरु अहिले राजनेताका नाममा पोषित वनिदियो ।
हिजोको योगदानका नाममा व्याजमा रम्नेहरु राजनीति गर्ने नाममा अरबौं कुम्ल्याउने दाउमा लागिरह्यो । सत्ताको संरचना जस्तै केन्द्रिय नेताहरु विदेशीको गुलामी वनिदियो, नेताहरु केन्द्रका गुलामी, त्यो गुलामीको पराकाष्ठ सिंहदरवार टोलटोलमा पुग्यो भनेझैं गुलामीको हद घरघरमा छिरिदियो ।
कमाउने गतिलो माध्याम राजनिती वनिदियो । वाल्यकालमा पढन क्षमता नभएकाहरु कालान्तरमा नेता वनिदियो । नेताहरु कमाउनका लागि राजनिती व्यापारीकरण गरिदियो । यो प्रवृत्ति हिजो पनि चलिरहयो र आज हुदै कालान्तरसम्म चल्ने निश्चित वनिदियो ।
हिजो राणा र राजाको शासनकालमा चर्को विरोध गर्नेहरु सत्तामा पुगेपछि शान्त बनिदियो । शक्ति र सत्ताको चास्नीमा रमेकाहरु इतिहास भजाएर कुर्सीमा लिप्त बनिदियो । योग्यता र क्षमता विनाका राजनीति देश र जनताका लागि घाँडो वनिदियो । नेता हुँ भन्ने भावनाले ग्रसित नेता र जनप्रतिनिधिहरु सिहं वनिदियो ।
राजनीति आफैंमा सेवा हो, व्यापार होईन भन्ने समान्य ज्ञान समेत नभएका नेता र त्यस्ता नेतालाई जिताउने जनताहरु राजनीतिका नाममा स्वार्थी व्यापारी बनिदियो । त्यहि स्वार्थको फाईदामा रमाउने नेताहरु जनताको कमजोरी खेति राजनीति नै व्यापारसँग सौदाबाजी गरिदियो ।
दफा र धारामा अल्झाएर होस् वा राजनैतिक पूर्वाग्रहमा भित्तामा पु¥याउने खेल खेलिरहयो । भोलि के हो के भन्ने मस्तिष्कमा जरा गाडेको सोंचलाई नेताहरु सिर्फ भूँडी भर्नमा अभ्यस्त वनिदियो ।
देशमा व्यवस्था परिवर्तन भयो, सिमित नेता परिवर्तन भयो तर सोंच परिवर्तन भएन । राजनीतिका नाममा नेताहरु रोडपतिबाट करोडपति बने, तर जनताको जीवनस्तरमा सुधार आएन । नेताहरुले जनमतको कदर गरि अवसरलाई देश र जनताको जीवनस्तर उकास्न हुनुपर्नेमा परिवारमा गएर सिमित वनिदियो ।
जनताको स्वागतको चास्नी चुस्न पल्केको नेताहरुको सोंच जनता दास र आफू जर्नादनमा मात्र सिमित वनिदियो । नेतामा भएको शक्ति र सत्ताको उन्मादले जनताको शिर विदेशी अनुदानको ऋणमा चुर्लम्म डुवाईदियो । देशमा विभिन्न कालखण्डमा पात्र फेरियो तर प्रवृत्ति फेरिएन ।















प्रतिक्रिया