
पोखरा, २ माघ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर जिसी कास्कीमा सम्मानित भएका छन् ।
उनीहरुलाई कास्कीका सहकारीकर्मीहरुले बुधवार पोखरामा सम्मान गरेका छन् ।
१५ औं वार्षिक साधारणसभा सफल पार्न तथा निर्वाचनमा सहभागी भएर आफुहरुलाई निर्वाचित गराउन सहयोग पु¥याउने सहकारीकर्मीहरुलाई धन्यवाद दिन पोखरामा आयोजित कार्यक्रममा कास्कीमा क्रियाशिल सहकारी संघ संस्थाहरुको तर्फबाट उप्रेती र जिसीलाई सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा सांसद प्रभा कोइरालाले सबै सहकारीहरुको एकमात्र बैंकका रुपमा रहेको सहकारी बैंकलाई समृद्ध समाज निर्माणका लागि प्रभावकारी माध्यमका रुपमा विकास गर्न आग्रह गरिन् ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रमार्फत समाजमा गर्न सकिने योगदानका लागि वर्तमान नेतृत्व निरन्तर लाग्ने प्रतिवद्धता गरे ।















प्रतिक्रिया