शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

खाली पेट खानै नहुने यी खानेकुरा

दैनिक नेपाल २०७५ माघ १ गते ८:३३

काठमाडौं । स्वस्थकर खानेकुरा खाँदैमा स्वस्थ भइन्छ भन्ने हुँदैन । यसका लागि खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ ।

अन्यथा स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ । खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन् । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।

यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

अधिकांशले खानामा अत्यधिक मसला प्रयोग गर्छन् । यसले खाना त मिठो बनाउँछ । स्वास्थ्यमा प्रतिकूल असर पार्छ । चिकित्सकका अनुसार मसालेदार खानेले शरीरमा एसिडको मात्रा बढाउँछ । पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित