१ कार्तिक २०८३, शनिबार

नेपाली मूलका अमेरिकी सांसद भण्डारीले बेद छोएर सपथ लिए

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १ माघ । अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मूलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन् ।

भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो ।

सांसद भण्डारीले विश्वकै पुरानो ग्रन्थ छोएर सपथ गरेको भवन रहेको स्थान एनापोलिस संयोगवस अमेरिकी ईतिहासकै पुरानो संसद भवन हो । जहाँबाट अमेरिकी संविधान निर्माण प्रक्रिया अनुसार सविधानसभा भवनको रुपमा प्रयोग भएको थियो ।

पूर्वीय दर्शनको सभ्यता सिकाउने बेद छोएर सपथ खाएका सासंद भण्डारीसंग सम्पर्क गर्दा पश्चिमा सभ्यतामा पूर्वीय दर्शनको मिक्स गर्न र मेरो आफ्नो वास्तविक परिचय दिनका लागि वेद छोएर सपथ गरेको बताएका छन ।

९० दिन चल्ने संसदका लागि भण्डारी यतिखेर एनापोलिसमा सरकारबाट उपलब्ध गराएको पाँच बेडरुमको आवासीय अपार्टमेन्टमा बस्छन् ।