
काठमाडौं, ३० पुस । नेपाल दूरसञ्चार कम्पनीले मुनाफा मध्य प्रति शेयर ५५ रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको छ । दूरसञ्चार कम्पनीको सोमबार भएको एघारौं वार्षिक साधारणसभाबाट सो प्रस्ताव स्वीकृत भएको हो ।
माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था सोमबारको साधारणसभाले गरेको छ ।
यस्तै नेपाल टेलिकमले देशैभरी चौंथौ पुस्ताको मोबाइल सेवामा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्ने प्राधिकरणको लक्ष्य छ ।















प्रतिक्रिया