३ कार्तिक २०८३, मंगलबार

जनता बैंकको नवौं वार्षिक साधारणसभा सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । जनता बैंक नेपाललिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा भएको सभाले ८ दशमलव ५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभालको सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले अध्यक्षता गरेका थिए ।

सभाले आर्थिक वर्ष २०७४÷७५ को वासलात र नाफा–नोक्सान हिसावसहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

बैकको निक्षेप संकलन ६८ अर्ब रुपैयाँ र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गरेको छ ।

बैंकका हाल देशभर १ सय २९ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ५० शाखारहित बैकिग केन्द्र र ७९ एटीएमबाट पनि सेवा प्रदान गरिरहेको छ ।