१२ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंककाे दार्चुलामा २ नयाँ शाखा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखाकार्यालयहरु सञ्चालमा ल्याएको छ ।

बैंकले दार्चुलाको अपिहिमाल गाँउपालिकास्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको आइतबार औपचारिक सुरुवात गरेको हो ।

यसअघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु रहेका थिएनन् । नयाँ शाखाहरुमार्फत बैंकले सबै किसिमको बैकिङ्ग सेवा उपलब्ध गराएको जनाएको छ ।

बैंकका हाल देशभर ९० वटा शाखाहरु रहेका छन् । यस्तै बैंकले २ एक्सटेन्सन काउण्टर, ५२ शाखारहित बैकिङ्ग सेवा र १११ वटा एटीएमहरु मार्फत बंैकिङ्ग सेवा प्रदान गरीरहेको छ ।