बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

खेलकुदले राष्ट्रकै गौरव बढाइरहेको हुन्छ : सभामुख महरा

दैनिक नेपाल २०७५ पुष २८ गते १९:२२

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्दै सभामुख महराले खेलकुदले राष्ट्रकै गौरव बढाइरहेको बताए ।

‘खेलकूद क्षेत्रले खेलाडीहरुको शारिरीक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, उनले भने, ‘स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्वपूर्ण छ ।’

देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीहरुलाई उचित प्रोत्साहन गर्न नसकिएको बताए ।

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै सभामुख महराले भने, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानूनहरु कस्ता खालका बनाउनुपर्छ र कहाँ कहाँ संशोधन गर्नुपर्छ, तपाईहरुले मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।’

प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३ लाख १ हजार, दोस्रो पुरस्कारको राशी २ लाख १ हजार, तेस्रो पुरस्कारको राशी १ लाख १ हजार र चौथो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित