बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

यी हुन् उज्वल थापाले रवीन्द्र मिश्रमाथि लगाएका आरोप, हेर्नुस् थापाको प्रतिवेदन

दैनिक नेपाल २०७५ पुष २७ गते २०:१८

काठमाडौं, २७ पुस । शुक्रबार विभाजित विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापाले अर्का संयोजक रवीन्द्र मिश्रलाई विभिन्न खालका आरोप लगाएर बाहिरिएका छन् ।

एकतापछि डेढ वर्ष पनि वित्न नपाउँदै छुट्टिएका थापाले गलत बाटोमो हिँडेको बताएका थिए । उनले केही दिन अगाडि समिक्षा प्रतिवेदन पनि सार्वजनिक गरेका थिए ।

उनले लगाएका आरोपहरुमा पार्टीले होस् र जोशलाई अंगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनेमा चासो कम दिएको, पार्टीले गति लिन नसकेको र ढंगपनि पर्याप्त नभएको जस्ता आरोप रवीन्द्र मिश्रमाथि लगाएका छन् ।

यस्तै चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको, डरको राजनीति हाबी भएकोसमेत मिश्रमाथि थापाको आरोप छ ।

हेर्नुस् थापाले पेश गरेको समिक्षा प्रतिवेदन जस्ताको त्यस्तैः

प्रतिक्रिया
सम्बन्धित