आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

नयाँ दलका लागि निवेदन दिएको खबरले आश्चर्यमा पर्‍यौं : प्रवक्ता आचार्य

दैनिक नेपाल २०७५ पुष २७ गते १९:४३

काठमाडौं, २७ पुस । विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले केही केन्द्रीय सदस्यहरुसहित संयोजक उज्वलबहादुर थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएको खबरले आश्चर्यमा परेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील रहेको जानकारी दिएका छन् ।

पार्टी भित्र कार्यशैली र कार्यप्रणालीका विषयमा मतभिन्नता भएपनि पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो ।’

सबैका राय र मत सुन्नका लागि सोमबार बैठक बोलाइएको अवस्थामा थापाले बैठकमा सहभागीसमेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद् भएको उनले जनाएका छन् ।

सोमबार बस्ने बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समीक्षा गरेर आगामी कार्ययोजना र रणनीति तय गर्ने उनले जानकारी दिए ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ । नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौं ।’

प्रतिक्रिया
सम्बन्धित