शनिबार, २८ पुष २०७५
DainikNepal.com
शनिबार, २८ पुष २०७५

सिंहदरबार अगाडि राष्ट्रपतिलाई सलामी, यस्तो रह्यो पृथ्वी जयन्ती (तस्वीरसहित)

दैनिक नेपाल २०७५ पुष २७ गते १४:२१

काठमाडौँ, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । सो क्रममा उनलाई नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो ।

यस्तै पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा भण्डारीले पृथ्वीनारायाण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

यस्तै ¥याली निकाल्दै विभिन्न संघसंस्थाहरुले विभिन्न किसिमका झाँकीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित