शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

प्रधानसेनापति थापा भारत प्रस्थान

दैनिक नेपाल २०७५ पुष २७ गते १३:२५

काठमाडौं, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै थापा भारतको औपचारिक भ्रमणमा निस्किएका हुन् ।

थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

शनिबार थापालाई भातीय राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

माघ २ गतेसम्मका लागि बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने जङ्गी अड्डाले जनाएको छ । थापा माघ ०२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित