बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा एसएसबीको गोली चल्यो

दैनिक नेपाल २०७५ पुष २७ गते ९:१५

फाइल तस्बिर

काठमाडौँ, २७ पुस । कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक मा भारतीय सीमा सुरक्षा बल एसएसबीले गाेली चलाएको छ । नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका हुन् ।

मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार साँझ सीमा स्तम्भ नं २१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय ले बताएका छन्। दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियाे। गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।

लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो। सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इलाका प्रहरीले जवानले सुरक्षा दिइरहेका छन्।

नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए । एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन्।

प्रतिक्रिया
सम्बन्धित