शुक्रबार, २७ पुष २०७५
DainikNepal.com
शुक्रबार, २७ पुष २०७५

बुद्धमूर्ति चोरीको आरोपमा डोल्पाका वडाध्यक्ष काठमाडौंमा पक्राउ

दैनिक नेपाल २०७५ पुष २७ गते ८:४७

काठमाडौँ, २७ पुस । बुद्धमूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ हो ।

शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गत स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

शे–फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वषीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई सीआईबीले काठमाडौं बौद्धबाट पक्राउ गरेको थियो।

प्राचीन मूर्ति चोरीको आरोपमा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित