शुक्रबार, २७ पुष २०७५
DainikNepal.com
शुक्रबार, २७ पुष २०७५

आबुधाबीमा डेढ सय नेपाली सात महिनादेखि बचिल्ली

दैनिक नेपाल २०७५ पुष २७ गते ७:१८

आबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् ।

अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन् । यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झन्डै एक हजार श्रमिक छन् ।

कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकिने जनाएको छ । भिसा नवीकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ।

श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ । तीन महिनादेखि खानाको व्यवस्था गरिएको छैन । चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए ।

श्रमिकका अनुसार सुरुमै नेपाली दूतावास वा श्रम अदालत गएको भए कम्पनीको आर्थिक कारोबार रोकिन्थ्यो ।

अहिले क्याम्पबाट समेत निकालिन थालेपछि पीडितहरू दूतावासको शरणमा पुगेका हुन्। यूएई प्रहरीले क्याम्पबाट ननिस्कन र बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ ।

उनीहरू कुक, वेटर, स्टोरकिपर, क्लिनर, सुपरभाइजरलगायत पदमा कार्यरत थिए । काम दिन नसकेपछि कम्पनीले उनीहरूलाई आबुधाबीको मुसाफा–४० मा ल्याएर राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित