
काठमाडौं, २६ पुस । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख रुपैयाँ बराबरको दुर्घटनामा विमा रकम भुक्तानी गरेको छ ।
बचत निक्षेप योजना ‘प्रिमियम समुन्नती बचत खाता’ अन्तर्गत उपलब्ध यो सेवा स्वर्गीय राजकृष्ण श्रेष्ठलाईको परिवारलाई सो रकम बैंकले हस्तान्तरण गरेको हो ।
उनका छोरा रजतकृष्ण श्रेष्ठलाई एक कार्यक्रमकाबीच बिहीबार बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्तान्तरण गरे ।
बैंकका देशभर २ सय ७० शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने गरिरहेको छ ।















प्रतिक्रिया