१२ कार्तिक २०८३, बिहिबार

गण्डकी विकास बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । गण्डकी विकास बैंकले मुनाफावाट चुक्तापूँजीको १४ दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको बैंकको एघारौ वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले २०७४/७५ को वार्षिक प्रतिवेदन पनि पास गरेको छ ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ पु¥याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड रुपैयाँ पु¥याएको छ ।

बैंकका हाल देशभर ७७ वटा शाखाहरु रहेका छन् ।