शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

दैनिक नेपाल २०७५ पुष २६ गते १८:५५

काठमाडौं, २६ पुस । एनएमबि बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंककोउपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अरब ६१ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजित साधारणसभाको अध्यक्षता संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले गरेका थिए ।

हाल बैंकले १ सय १० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित