३ कार्तिक २०८३, मंगलबार

अम्बे बचत तथा सहकारी अध्यक्षमा फडिन्द्र पुनः निर्विरोध

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । सुनसरीको इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा फडिन्द्र मगर पुनः निर्विरोध निर्वाचित भएका छन् ।

१५ सय सेयर सदस्य रहेको सहकारी संस्थाको छैंठो बार्षिक साधारण सभाले युवा नेतृत्वलाई निरन्तरता दिएको हो । ९ जनाको सञ्चालक समिति रहेको सहकारीमा तीन सदस्यीय लेखा समिति पनि निर्विरोध भएको छ ।

मगरले चार वर्ष पुनः सहकारीको नेतृत्व सम्हाल्नेछन् ।

एक नम्बर प्रदेशकी उपसभामुख सारदा पोखरेलको प्रमुख आतिथ्यमा भएको साधारणसभामा स्वाधिन सञ्चार सहकारी लिमिटेडका अध्यक्ष मदन चुडाल, युवा व्यावसायी दिवस पोखरेल, उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टलगायतको आतिथ्यता रहेको थियो ।