बिहीबार, २६ पुष २०७५
DainikNepal.com
बिहीबार, २६ पुष २०७५

सुनसरीका फिदा हत्याका मुख्य सुटरसहित चार जना हतियारसहित पक्राउ

दैनिक नेपाल २०७५ पुष २६ गते १६:३४

इटहरी, २६ पुस । सुनसरीस्थित दुहबीका फिदा हुसेनको गोली हानी हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र सुनसरी प्रहरीको टोलीले हुसेनलाई गोली हान्ने भारतीय सुटर सहित चार जनालाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको अटोमेटिक पेस्तोल र गोली समेत बरामद भएको छ । एक जनालाई नेपालगंञ्ज, दुई जना भारत र एक जनालाई दुहबीबाट पक्राउ गरेको प्रहरीले जनायो ।

सुनसरीका एसपी राजन अधिकारीले हुसेनको हत्यामा संलग्न सुटर सहित पक्राउ गरिएको बताए ।

मसिंर ५ गते हुसेनमाथि जय बाबा इटा उघोग अगाडी गोली प्रहारबाट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित