शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

खोच्याउँदै कार्यक्रमस्थल पुगे प्रधानमन्त्री, बसेरै दिए मन्तब्य

दैनिक नेपाल २०७५ पुष २६ गते १६:२५

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली खुट्टा खोच्याउँदै कार्यक्रम स्थल पुगेका छन् । प्रज्ञा प्रतिष्ठानमा २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवशरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री खुट्टा खोच्याउँदै कार्यक्रम स्थल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको खुट्टामा समस्या देखिएपछि उनी खोच्याउँदै कार्यक्रममा पुगेका थिए । खुट्टामा के समस्या भएको हो यसबारे भने उनले खुलाएनन् ।

तेस्रो तल्लामा रहेको कार्यक्रम हलमा पनि उनी निकै गाह्रो गरी पुगेका थिए । बसेरै मन्तब्य दिएका उनले भने, ‘हेपायती भयो भन्ने नठान्नु होला ।’ उनले थपे ‘मेरो खुट्टामा समस्या छ ।’

प्रतिक्रिया
सम्बन्धित