बिहीबार, २६ पुष २०७५
DainikNepal.com
बिहीबार, २६ पुष २०७५

‘समृद्ध नेपालः सुखी नेपाली’ अभियान सफल पार्न सहकारीको गति तीव्र पारौ : उपप्रधानमन्त्री पोखरेल

दैनिक नेपाल २०७५ पुष २६ गते १५:५८

ललितपुर, २६ पुस । उप–प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाल सरकारले ल्याएको ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारालाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने बताएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई बिहीवार आफ्नै निवासमा वधाई ज्ञापन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले ल्याएको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि सहकारीको गतिलाई तिब्र पानु पर्नेमा जोड दिदै उहाँले सहकारी क्षेत्रमो रहेको श्रम, सीप र पूँजिलाई उत्पादन र रोजगारी निर्माणमा केन्द्रीत गर्न उनले सुझाव दिए ।

वर्तमान सरकार विगतको निरन्तरता नभएको दावी गर्दै उनले संविधानको भावना अनुसारका नीति नियमहरु नभएका कारण काममा ढिलाई भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित