आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

निर्मला पन्त प्रकरण : यज्ञराज पन्तले पत्नी दुर्गादेवीलाई किन पिटे ?

दैनिक नेपाल २०७५ पुष २६ गते १५:५४

काठमाडौं, २६ पुस । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेका कारण सरकारको आलोचना बढीरहेको छ । तर, बालिकाको घरमा भने कलह देखिएको छ ।

निर्मलाका बाबु यज्ञराजले पत्नी दुर्गादेवीलाई पिटेको विवरणहरू बाहिर आउन थालेका छन् । दुर्गादेवीले हत्यारा पत्ता लगाउनका लागि भेजिनल स्वावसँग म्याच खाने वा नखाने भनी प्रशासनको आग्रहमा रगत परिक्षण गराएको भोलीपल्टको घटना हो, यो ।

बुधबार दुर्गादेवी रगत दिनका लागि अस्पताल पुगेकी थिइन् । तर, विहीबार रगत दिएको विषयलाई लिएर दुर्गादेवीमाथि हातपात भएको केहीले बताएका छन् । केहीले भने विभिन्न तहका सरकारले दिने भनेको करिब १८ लाख रूपैंयाको राहत बाँडफाँटको विषयलाई लिएर यज्ञराजले दुर्गादेवीमाथि हातपात गरेको बताइएको छ ।

१० साउनमा निर्मलाको बलात्कारसँगै हत्या भएपछि त्यसका अभियुक्त अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् । प्रहरीले पटक–पटक गरी शंकास्पद व्यक्तिको डिएनए परिक्षण पनि गराएको थियो ।

त्यसपछि कञ्चनपुरमा भएको आन्दोलनमा यज्ञराज र दुर्गादेवी सँगै देखिएका थिए भने काठमाडौंसम्म उनीहरू सँगै आइपुगेका थिए । दुर्गादेवीले भने राहतको विषयमा यज्ञराजले कुटपिट गरेको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित