बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

४१ हजार नयाँ कर्मचारी तत्काल आवश्यक, १७ हजार कर्मचारी समायोजन हुँदै

दैनिक नेपाल २०७५ पुष २६ गते १५:३७

काठमाडौं, २६ पुस । देशमा ४१ हजार नयाँ कर्मचारी तत्काल नियुक्त गर्नुपर्ने आवश्यकता देखिएको छ । संघमा कर्मचारीको दरबन्दी संख्या बढ्दै गर्दा र संघका कर्मचारी प्रदेश र स्थानी तहमा समायोजन हुँदै गर्दा नयाँ कर्मचारी तत्काल भर्ना गर्नुपर्ने आवश्यकता देखिएको हो ।

संगठन तथा व्यवस्थापन सर्वेक्षणको पछिल्लो अध्ययन अनुसार ४७ हजार ९ सय २० दरबन्दी संघमा मात्र कायम गरिएको छ । जस अनुसार बाँकी १७ हजार मात्र कर्मचारी मात्र समायोजनमा जानेछन् ।

तर तल्लो तहमा कर्मचारीहरुको निकै नै माग रहेको छ । ५ सय ४९ शाखा अधिकृत (प्रशासन सेवा) मात्र प्रदेशमा समायोजन हुनेछन् । हाल २ हजार ९ सय १ शाखा अधिकृत (प्रशासन सेवामा) कार्यरत छन् । निजामती किताबखानाका अनुसार सबै समूहका गरी हाल कार्यरत शाखा अधिकृतको संख्या ११ हजार १ सय ९८ पुगेको छ । स्थानीय तहमा शाखा अधिकृतको दरबन्दी संख्या (प्रशासन सेवा) ५ सय ४० कायम गरिएको छ । यसबाट स्थानीय तहमा समायोजन भएर जानुपर्ने शाखा अधिकृतको संख्या २८ छ । किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार हाल ६३ जना सचिव, ५ सय ७२ सहसचिव र उपसचिव ३ हजार ६१० कार्यरत छन् ।

किताबखानाका अनुसार हाल कार्यरत नायब सुब्बाको संख्या १७ हजार ८ सय ३९ र खरिदारको संख्या ११ हजार ७ सय १८ छ । तीमध्ये प्रशासन सेवामा हाल कार्यरत नायब सुब्बा ६ हजार २ सय ९५ छन् । संघमा नायब सुब्बा (प्रशासन सेवा )को दबरन्दी ३ हजार ३ सय ७८ छ, जसमध्ये संघमा हाल कार्यरत नायब सुब्बाको संख्याबाट संघमा दरबन्दी कटाउँदा ३ हजार १७ मात्र बाँकी रहन्छन् । बाँकीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा सोही संख्यामा समायोजन गर्नुपर्ने हुन्छ ।

त्यसकारण पनि समायोजनमा जाने अधिकांश नायब शुब्बा र खरिदार पदका रहेका छन् ।

बुधबार साँझसम्म ५० हजार ६ सय ६२ कर्मचारीले समाोजनमा जान अनलाइनबाट निवेदन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित