बिहीबार, २६ पुष २०७५
DainikNepal.com
बिहीबार, २६ पुष २०७५

मगर समुदायले टुंडिखेलमा दुई दिन ‘माघे संक्रान्ति’ मनाउने, प्रधानमन्त्रीले गर्दैछन् सम्बोधन

दैनिक नेपाल २०७५ पुष २६ गते १४:०६

काठमाडौं, २६ पुस । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे संक्रान्ति यसवर्ष विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे संक्रन्ति भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

माघे संक्रन्ति मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । “माघे संक्रन्ति राष्ट्रिय चाड मनाउँदै अघि बढौं, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा तय भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नं. ३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरुको सहआयोजनामा काठमाडौंको टुंडिखेलमा माघे संक्रान्ति मनाउन लागिएको जानकारी दिइएको हो ।

कार्यक्रममा मगरहरुको संस्कृति झल्किने खालको विभिन्न साँस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिने संघले जनाएको छ ।

माघ १ गते हुने मुख्य समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित