बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

माघे संक्रान्तिमा सार्वजनिक बिदा

दैनिक नेपाल २०७५ पुष २६ गते १०:११

पोखरा, २६ पुस । गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले बिदा दिने निर्णय गर्दै संघीय सरकारका निकायले पनि कार्यान्वयन गर्ने अपेक्षा गरेको छ ।

क्षेत्री, बाहुन, मगर, थारुलगायत समुदायले मनाउने भएकाले माघे संक्रान्ति अर्थात् माघी पर्वमा बिदाको निर्णय गरिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

प्रायः सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको बस्नेतको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित