
काठमाडौं, २४ पुस । टाटा मोटर्सकाे नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ ।
ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको जनाएको छ । यो नेपालका लागि सबैभन्दा कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) भएको दाबी गरेको छ ।
१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तीनवटा रंगहरुमा उपलब्ध हुने सिप्रदीले जनाएको छ । जसमा मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुने छ ।
बुधबारबाट विक्री शुरू भएको टाटा एनआरजी काठमाडौंको शोरूममा २९ लाख ५५ हजार शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।
यस्ता छन् टाटा एनआरजीका विशेषताः
- बलियो साइड प्रोफाइल अद्वितीय बृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएको
- कुल्ड ग्लोभ बक्स
- २४२ लिटर स्पेस भएको ठूलो बुट
- कठीन सडक अवस्थामा जान १८० एमएम ग्राउन्ड क्लियरेन्स
- इबीडी र कर्नर स्टेबिलिटि कन्ट्रोल भएको एबीएस
- थ्रीडी नेभी नक्साको नेभिगेसन
- मिडिया, रेडियो र फोनका लागि भ्वाइस कमान्ड
- इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली
















प्रतिक्रिया