बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अमेरिकाबाट नेपालका अनाथहरूका लागि ५ लाख ३५ हजार सहयोग

दैनिक नेपाल २०७५ पुष २५ गते ९:१०

विजय थापा

वाशिंगटन डीसी । ‘सच्चीको साथमा’ नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपियाँ ३६ पैसा संकलन गरेको छ ।

रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी कार्यक्रम प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाइएको छ ।

नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।

रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी सच्चीको साथमा नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकि छिन् ।

अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैयाँ ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन् गएको छ ।

नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनु हुन्न र यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरुबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैयाँ जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपी खनालले बताएका थिए ।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको हेल्प फर दि होमलेस किड्स अभियान शुरु गएको करिव २६ घण्टामा रकम संकलन भएको छ ।

८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालआश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित