शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

पाँच–सात लाखमै सुजुकी गाडी यसरी चढ्न सकिन्छ

अभिशेक प्रताप शाह २०७५ पुष २४ गते ९:२४

अभिशेक प्रताप शाह, सांसद, प्रतिनिधि सभा, नेपाली कांग्रेस

भारतले जब खुला बजार अर्थतन्त्र अपनायो त्यस दिनदेखि भारतमा एउटा आर्थिक क्रान्तिको शुरुवात भयो । मध्यम वर्गको जीवनस्तर बढाउँदै गयो । त्यति बेला भारतमा दुई वटा मात्रै कार उत्पादन कम्पनी थिए । ‘फियट’ र ‘एम्बेसडर’ । यी दुई गाडीको माइलेज थोरै थियो । तर, पावर फुल गाडी थिए । तत्कालीन प्रधानमन्त्री इन्दिरा गन्धीका छोरा एवं सांसद सञ्जय गान्धी सन् १९८१ जापान घुम्न गएका थिए । जापान भ्रमणका बेला सञ्जय गान्धीले गाडी उपत्दाक कम्पनी सुजुकीको निरीक्षण गरेका थिए ।

जापानबाट घुमेर स्वदेश आएपछि ‘सुजुकी आठ सय’ मोडलको गाडी कम्पनीलाई भारतमा भित्र्याएका हुन । त्यो ‘सुजुकी आठ सय’ मोडल गाडीको राम्रो पक्ष के थियो भने १ लिटर पेट्रेलमा १८ देखि २२ किलो मिटरसम्म चल्न सक्थ्यो । पाँच जनासम्म बस्न मिल्ने राम्रो टेक्नोलोजी भएको गाडी थियो । सञ्जय गान्धीले सन् १९८१ मा सुजुकी कम्पनी भारतमा ल्याउन जापान र भारत सरकारको संयुक्त सहमति गराए । सञ्जय गान्धीले सुजुकीलाई भारतमा भित्र्याएका हुन् । र, त्यसको नाम ‘मारुती आठ सय’ राखियो । भारत सरकारको सेयर १८ दशमलव २८ प्रतिशत मात्रै थियो । ८१ दशमलव ७२ प्रतिशत सेयर सुजुकीको थियो । सुजुकीले १९८३ मा आफ्नो उत्पादन शुरु ग-यो । शुरुमा उसले भारतकै लागि दश लाख मारुती गाडी उत्पादन ग-यो ।

५० हजार गाडी उसले निर्यात पनि ग-यो । दश लाख गाडी उत्पादन हुँदा समेत खरिद गर्न उपभोक्ताबीच मारामार हुन्थ्यो । गाडी किन्न प्रतीक्षामा बस्नु पथ्र्यो । त्यस बेला शुरुवाती दिनमा मारुती गाडीको भारतमा मूल्य करीव ६५ देखि ७० हजार भारतीय रुपियाँ मात्रै थियो । सुजुकीले गाडी भारतमै उत्पादन गर्न थालेपछि मध्यम वर्गीय भारतीयहरूको गाडी चढने इच्छा पनि पूरा भयो । र, पैसा पनि बाहिरिनबाट बच्यो । भारतीयहरूको जीवनस्तर पनि बढ्दै गयो । ‘मारुती आठ सय’ एउटा ब्राण्डको रुपमा स्थापित भयो । आजको मितिमा सुजुकीको हरेक गाडी माथिल्लो मूल्यदेखि तल्लो मूल्यसम्मका गाडी भारतमा निर्माण भैरहेका छन् । भारतका जनताको गाडी किन्ने क्षमता बढेको छ । त्यस कारणले पनि विभिन्न मूल्य र ब्राण्डका गाडी बनिरहेका छन् ।

यो कुरा मैले किन भनेको छु भने, नेपाल विकासशील देश हो । बीस वर्ष अगाडिको भन्दा हाम्रो अर्थतन्त्र सैयौँ गुणा ठूलो भैसकेको छ । हाम्रो अर्थतन्त्र ठूलो हुँदै गैरहेको छ । जनतामा बचत बढिरहेको छ । सेभिङ बढिरहेको बेलामा जनताको लाइफस्टाइल बढाउने र सस्तोमा गाडी वा यस्तै प्रकारका विलासी सुविधा दिने दायित्व पनि राज्यको हो । अर्थमन्त्री युवराज खतिवडाले आफूलाई अर्थशास्त्रीका रुपमा प्रस्तुत गर्नु हुन्छ भने अर्थशास्त्री भएर मात्रै पुग्दैन । अर्थमन्त्री खतिवडाले केही न केही प्रत्यक्ष देखिने गरेर उदाहरणका रुपमा काम देखाउनुपर्छ । नेपालीहरूले दैनिक सैयौँ गाडीहरू किन्छन् ।

मोटरसाइकल होस् वा ठूला गाडी नेपाली जनताले किन्ने गरेको तथ्याङ्कले देखाउँछ । अहिलेको अवस्थामा ‘मारुती आठ सय’को ठाउँमा ‘अल्टो आठ सय’ आएको छ । ‘मारुती आठ सय’ बन्द भैसक्यो । ‘अल्टो ८ सय’को नेपाली बजार मूल्य १२ देखि १७ लाखसम्म पर्छ । गाडीमा दुई सय प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरेको छ । भारतमा ‘मारुती अल्टो’को साढे तीन लाख भारुमा पाइन्छ । त्यसलाई नेपालमा भित्र्याउँदा १४ देखि २० लाख नेपाल रुपियाँ (अप्सनहरू हेरेर) सम्म पर्छ ।

जापानले नेपालमा चलखेल चाहँदैन । नेपालमा चीन, भारत र अमेरिकाको स्वार्थ होला । तर, जापानले नेपालमा कुनै पनि स्वार्थ राख्छ जस्तो लाग्दैन । नेपालमा मोटरसाइकल किन्दा दुई लाखदेखि शुरु हुन्छ ।

यदि नेपालमा गाडीको प्रोडक्सन शुरु ग-यौँ भने उपभोक्ताले थोरै पैसामा गाडी चढ्न पाउँछन् । नेपालमा बैंकिङ सुविधा पनि छ । नेपालका बैंकहरू दक्षिण एसियाकै राम्रोमा पर्छन् । भारतमा बैंकहरूको अवस्था नेपालको जस्तो राम्रो छैन । सुजुकी कम्पनीका गाडी नेपालमा बनाएर ब्याट्री वा पेट्रोल जेबाट चलाए पनि हुन्छ । नेपालमै उत्पादन गर्ने हो भने सुजुकी कम्पनीका गाडी पाँचदेखि सात लाखसम्म उपलब्ध गराउन सकिन्छ । इच्छा शक्ति आवश्यक पर्छ । धेरै स्वदेशी मुद्रा बिदेशिनबाट रोकिनेछ ।

गाडीको उद्योग नहुँदा नेपालीको पैसा विदेशमा गैरहेको छ । यो परम्परालाई विस्तारै अन्त्य गर्नुपर्छ । सरकारले स्वदेशी उत्पादनलाई टेवा दिनुपर्छ । भारतमा स्वदेशी उत्पादनलाई संरक्षण गर्न विभिन्न किसिमको सहुलियत दिने गरेको छ । भारतले स्वदेशी उत्पादनलाई बढावा दिन दशदेखि बीस वर्षसम्म करमा छुट दिने गरेको छ । सुजुकीलाई नेपालमा ल्याइयो भने करमा छुट दिनुपर्छ । विजुली फ्रिमा दिन सकिन्छ । नेपाल सरकारले सहुलियत दियो भने सुजुकीले पनि आफूलाई सुरक्षित ठान्नेछ । सुजुकीलाई विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा लगानी गर्दा नाफ बढछ भन्ने सन्देश दिन सक्नुपर्छ । र, नेपाली जनताको जीवनस्तर बढ्छ भन्ने सन्देश दिनुपर्छ ।

सुजुकी कम्पनीको विश्वसनीयता विश्वभरि छ । हामी अहिले पनि कुनै पनि विद्युतीय सामाग्री किन्दा जापानमा बनेको हो भन्नेवित्तिकै राम्रो गुणस्तरको छ भनेर किन्ने बानी परेका छौं । जापान आफैले बनाएको बुलेट ट्रेनको विश्वभरि चर्चा छ । जापानको बुलेट ट्रेन आजसम्म दुर्घटनामा परेको छैन । चीन वा अन्य देशहरूले बनाएका बुलेट ट्रेन थुप्रै पटक दुर्घटनामा परेका छन । चीनमा धेरै पटक बुलेट ट्रेन दुर्घना भएको तथ्याङ्क छ । चीनले कपीपेस्ट गर्ने क्षमता राम्रो राख्छ । जापानसँग भएको ‘ब्रेन’ विश्वभरि कसैसँग छैन । मैले इजरायलसँग तुलना गर्दैन । जापान जस्तो मुलुकमा एउटा पनि खनिज छैन । फलाम, तामा, सुनको खानी छैन । जापानले सबै विदेशबाट ल्याएर आफ्नो भूमिमा सामान निर्माण गरेर त्यसलाई मूल्य तोकेर विदेशी बजारमा बिक्री गर्छ ।

विश्वकै ठूलो अर्थ बजार ओगट्नेमा जापान पर्छ । सानो मुलुक भएपनि जापानले विश्वलाई हल्लाउने गरेर अर्थ व्यापारमा पकड बनाएको छ । जापानले राम्रा सामानहरू बनाएर विश्वमा नाम कमाएको छ । जापानको कुनै पनि कम्पनीलाई नेपालमा निम्तो दियौँ भने नेपालीहरूको जीवनस्तर र आर्थिक वृद्धिदर बढाउन भूमिका खेल्नेछ ।

पहिला हुलासको गाडी थियो । त्यो पनि बन्द भैसक्यो । हुलासलाई सरकारले सहयोग गर्नुपर्ने थियो । तर, गरेन । विदेशबाट ल्याउने गाडीमा धेरै कर उठाउनु पर्छ । आयातलाई रोक्न धेरै कर उठाउने विषय अर्थनीतिमा पर्छ । सरकारले गाडी आयातमा नियन्त्रण गर्नुपर्छ । गाडीको माग घटनुपर्छ । स्वदेशमै गाडी उत्पादन गर्नुपर्छ ।

सुजुकी कम्पनीलाई नेपलामा ल्याउन नेपाल सरकारले विशेष पहल गर्नुपर्छ । कुनै बेला भारतमा एक सय गाडी बाटोमा हिँड्दा सुजुकीका गाडी ३६ प्रतिशत देखिन्थे । गाडीको बजारलाई ‘सुजुकी मारुती’ले नेतृत्व गरेको थियो । नेपालमा पनि त्यो अवस्था ल्याउन सकिन्छ ।

तर, ‘टाटा’लाई भन्दा पनि सुजुकीलाई भारतीय जनताले विश्वास गर्छन् । विश्वास गर्ने कम्पनी भनेको जापनिज कम्पनीहरूनै हुन् । नेपालीले सुजुकीको पाँचदेखि सात लाखसम्म गाडी चढ्न पाउँछन भने त्यसलाई राम्रो र सकारात्मक रुपमा लिन सकिन्छ

रेल, पानी जहाज चलाउने सरकारको प्रयास छ । त्यो आफ्नो ठाउँमा छ । तर, नेपालीले छिटो लाभ पाउनुपर्छ । रोजगारी पाउनु पर्छ । आफ्नै देशमा गाडीका ठूला उद्योग हुनुपर्छ । ठूला उद्योग भयो भने अर्थतन्त्र र रोजगारी बढ्छ । भारतमा सुजुकी कम्पनीले ११ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष लाखौँ मानिसले रोजगारी पाएका छन् । दुई तिहाईको स्थायी सरकार छ । तर, हामीसँग कुनै पनि दीर्घकालका लागि हुने उद्योग छैन । बरु गाडी बनाउने सुजुकी कम्पनीलाई ल्याएर उद्योग स्थापना गर्दा धेरै राम्रो हुन्छ । यो उद्योग स्थापना गर्न पाइयो भने मुलुकका लागि ठूलो उपलब्धी हुनेछ ।

अर्थमन्त्री खतिवडा आफै विज्ञ हुनुहुन्छ । म जापानको पक्षमा छैन । जापानले नेपालमा चलखेल चाहँदैन । नेपालमा चीन, भारत र अमेरिकाको स्वार्थ होला । तर, जापानले नेपालमा कुनै पनि स्वार्थ राख्छ जस्तो लाग्दैन । नेपालमा मोटरसाइकल किन्दा दुई लाखदेखि शुरु हुन्छ । नेपालमा सडक दुर्घटना धेरै हुने गरेको छ । राजधानीमा दैनिक पैतीस वटासम्म दुर्घटना हुने गरेका छन् । दुर्घटना घटाउनका लागि पनि स्वदेशमै सुरक्षित र सस्तो गाडी निर्माण गर्नुपर्छ । नेपालमा गाडी उद्योग भयो भने धेरै उपभोक्तालाई फाइदा हुनेछ । बाहिरबाट गाडी ल्याउँदा महँगो मूल्य पर्छ । नेपालमा उत्पादन हुने हो भने गाडीका मूल्य आधाभन्दा धेरै कम पर्नेछ ।

जापनिजहरूको काम गर्ने शैली फरक छ । जापनिजहरूले ३ प्रतिशत मुनाफा आफ्ना मजुरहरूलाई बाँडने गर्छन् । जापनिजहरूको उद्योग र कम्पनीमा आन्दोलन, हडताल भएको छैन । तलव बाहेक निश्चित प्रतिशत सेयर अनिवार्य रुपमा मजदुरहरूलाई सस्तोमा किन्न लगाइन्छ । त्यस्तो अवस्थामा मजदुरले आन्दोलन गर्दैनन् । जापनिज कम्पनीमा काम गर्नेहरूलाई आइएलओको मापदण्डभन्दा पनि धेरै राम्रो सुविधा दिइएको हुन्छ । भारतमा एउटा साधारण तल्लोस्तरको मजदुरले १७ हजार ९ सय ७५ रुपियाँ भारतीय पैसा तलव पाउँछ । नेपालमा पनि कर्पोरेट संस्कार शुरु हुनुपर्छ ।

निजी क्षेत्रले सुजुकी कम्पनीको गाडीको उद्योग बनाउन सक्दैन । नेपाल सरकारले नै सहमति गरेर सुजुकी कम्पनीको उद्योग स्थापना गर्नुपर्छ । नेपाली बजार सानो छ । तर, नेपालमा सुजुकीका गाडीहरू उत्पादन गरेर अन्य देशहरूमा निर्यात गर्न सकिन्छ । नेपालमा गाडी उत्पादन गरेर पठाउन सकिन्छ । त्यो अवस्था भयो व्यापार घाटालाई ब्यालेन्स गर्न सकिन्छ । व्यापार घाट घटाउन सकिन्छ । उद्योग बनाउन नेपाल सरकारको आत्मविश्वास चाहिन्छ ।

भारतमा साधारण कम्पनी ‘टाटा’ले विश्वसको सबैभन्दा सस्तो गाडी बनाइदियो । तर, ‘टाटा’लाई भन्दा पनि सुजुकीलाई भारतीय जनताले विश्वास गर्छन् । विश्वास गर्ने कम्पनी भनेको जापनिज कम्पनीहरूनै हुन् । नेपालीले सुजुकीको पाँचदेखि सात लाखसम्म गाडी चढ्न पाउँछन भने त्यसलाई राम्रो र सकारात्मक रुपमा लिन सकिन्छ । गाडीको नाम जे राख्दा पनि हुन्छ । नेपालमा पनि राम्रो भयो भने ब्राण्ड बेच्ने हो । हाम्रो देश ठूला उद्योग खोल्ने बाटोतिर लाग्नैपर्छ । ढिलो चाँडो उद्योग स्थापना गर्नुपर्छ । ठूला उद्योग स्थापनासँग विश्व बजारमा नेपालीहरूको शिर पनि उच्च हुनेछ ।

(कपिलवस्तु जिल्लाबाट तीन पटक प्रतिनिधि सभामा निर्वाचित भैसकेका सांसद शाह अर्थशास्त्री पनि हुन)

प्रतिक्रिया
सम्बन्धित