१ कार्तिक २०८३, आइतबार

आठौँ रााष्ट्रिय खेलकूदका लागि १ सय २९ खेलाडी छनोट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, २४ पुस । जिल्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् ।

जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा आठ, ह्याण्डबलमा १२, टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, फुलकन्टयाक्ट कराँतेमा दुई तथा उसु र पौडीमा एक/एक खेलाडी सहभागी हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिनुभयो । जिल्लाबाट प्रशिक्षक र अफिसियल गरी २३ जना सहभागी हुनेछन् ।

प्रशिक्षक अभाव 

जिल्लामा हालसम्म कुनै पनि खेलका प्रशिक्षक छैनन् । अन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ । कराँते, तेक्वान्दो, फुटबल, भलिबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् । –रासस