बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

फ्रान्समा मेलमिलाप दिवस मनाइयो

दैनिक नेपाल २०७५ पुष २४ गते ७:१०

फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सले राष्ट्रिय मेलमिलाप दिवस र नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

पेरिसस्थित कामरान रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । २०३३ साल पौष १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्केका बीपी कोइरालाको फोटोमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष शिवराम भण्डारीले स्वागत गरे भने जसस फ्रान्सका संरक्षक किरणचन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल , एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे , एनआरएन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल , मगर समाज फ्रान्स अध्यक्ष रमेश राना , गोर्खा समाज फ्रान्सका उपाध्यक्ष रामेश्वर श्रेष्ठ , प्रबासी नेपाली एकता मंचका सचिव सुमन पौडेल , एकता समाज फ्रान्सका संस्थापक अध्यक्ष तथा जसस फ्रान्सका सल्लाहकार तप्त भण्डारी , एनआरएन फ्रान्सका आइसीसी सदस्य सुवर्ण हमाल , एनआरएन फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल तथा भूपु उपाध्यक्ष हरि सापकोटा लगायतले आफ्नो भनाइ राखेका थिए ।

वक्ताहरुले बीपीले देशमा प्रजातन्त्र स्थापनाको लागि दिएको योगदानको कदर गर्दै उनले अबलम्बन गरेको मेलमिलापको नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक महसुस भएको बताए । साथै फ्रान्समा सबै नेपालीबीच एकदम राम्रो मेलमिलाप र आपसी सहयोगको भावना रहेको अवस्थामा कार्यक्रमको आयोजना संगै अझ एकीकृत भै समाज सेवा र परोपकारमा लाग्न थप उर्जा मिलेको पनि बताए ।

कार्यक्रममा जनसम्पर्क समिति फ्रान्सका महामन्त्री कमल बिक्रम केसीले जनसम्पर्क समिति फ्रान्स राजनैतिक परिवेशबाट अलिक माथि उठेर समाज विकास र परोपकारी योजनामा संलग्न रहने उदेश्य साथ खोलिएको जानकारी गराउदै २०१९ मा नेपालमा कम्तिमा पनि ३ ओटा सामाजिक परोपकारी योजना लैजाने जानकारी गराए ।

कार्यक्रमबाट पर्बत जिल्लाको जलजला गाउँपालिकास्थित एक बिद्यालयमा गरिब बिपन्न बिद्यार्थी लक्षित छात्रवृतिको लागि एक लाख पचास हजार बराबरको बीपी स्मृति कोषको योजना पनि घोषणा गरे ।

सभापति सुधिर रानाले उपस्थित सबैलाई धन्यबाद दिदै फ्रान्सको परिवेशमा युवाहरु संगठित भएर स्थापना भएको जनसम्पर्क समितिलाइ विशुद्ध राजनैतिक संगठनको रुपमा नसोची फ्रान्सलगायत नेपालमा पनि सबैजना मिलेर समाज विकास र शिक्षा स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने प्रतिवद्धता सहित जनसम्पर्क समितिका अन्य कार्यक्रम लिएर आउने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित